रेखा भन्छिन् – देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रोदनले मुटु छोएको छ « Khabarhub

रेखा भन्छिन् – देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रोदनले मुटु छोएको छ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले पूर्वजानकारी नगराइ गरेको लकडाउनले गर्दा सीमामा सयौं नेपालीको बिचल्ली भएको छ । उनीहरुले नेपाल छिर्ने व्यवस्था मिलाउनका लागि सरकारसँग हारगुहार गरेका छन् । सरकारले भने जो जहाँ छ, त्यहीँ बस्नुपर्ने बताएको छ ।

सीमामा सुत्केरीसमेत भोकै बस्नुपरेको समाचार आइरहँदा नायिका रेखा थापाले यी घटनाले मुटु छोएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई यो घटनाले चोट पुर्‍याएको बताएकी हुन् ।

‘आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेसिन बाध्य लाखौं नेपाली खासगरी नेपाल भारत सीमामा आएर आफ्नो देश छिर्न पाऊँ भन्ने प्यारा दाजुभाइ दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ,’ रेखाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् ।

उनले सीमामा अलपत्र परेका नेपालीले आएर क्वारेन्टाइनमा बस्छौं, जहाँ बसाल्यो त्यही बस्छौं भन्दा पनि आउन नदिनु व्यवस्थापन समस्या भएको औंल्याएकी छिन् ।

‘आफ्नो देश प्रवेश गर्न पाउने अधिकारी यो बेला खोसिएको सन्दर्भमा आक्रोस र संरक्षकको अभाव कति पीडादायी होला,’ रेखाले भनेकी छिन्, ‘विदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला तर यहाँ हालत यस्तै छ, कसलाई गुनासो गर्नु, गरेर के हुन्छ र ?’

रेखाले कम्तिमा भारतबाट सयौं किलोमिटर हिँडेर सीमा पुगेकालाई वारि (नेपाल) लिएर सेना प्रहरीकै क्याम्पमा राखेर भए पनि दालभात खान दिनुपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘सकिन्छ भने बेसहारा बन्न नदिने व्यवस्था गरौं, परेको बेला देशले अपनाएन भने नपरेको बेला राष्ट्रियताको भाषणले केही फरक पार्दैन ।’

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : २५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।