बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले औंल्यायो कोरोना रोकथाममा सरकारका ८ कमजोरी (बिज्ञप्ति सहित) « Khabarhub

बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले औंल्यायो कोरोना रोकथाममा सरकारका ८ कमजोरी (बिज्ञप्ति सहित)


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपालमा कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकाले चालेको कदमलाई लिएर विभिन्न कमजोरीहरु औंल्याएको छ ।

पार्टीका महासचिव वैद्यले बुधवार विज्ञप्ति जारी गर्दै विभिन्न ८ वटा कमजोरी सहित सुझाव दिएका छन् । जसमा  सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको सरकारले उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा परीक्षणलाई विस्तार गरी संक्रमितहरु पत्ता लगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी बाँकीलाई संक्रमित हुन नदिन समेत माग गरिएको छ । हाल सरकारले एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना संक्रमित भएको भनेर आत्मरति गरिरहेको समेत आरोप लगाइएको छ ।

‘यो अत्यन्त गैर जिम्मेवारपूर्ण काम हो। परीक्षणलाई जति धेरै विस्तार गरिन्छ त्यति छिटो यो महामारीबाट छुटकारा पाउने सम्भावना रहन्छ भन्ने कुरामा हाम्रो पार्टी सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले कोरोना नियन्त्रणका लागि केही घोषणा गरेको भए पनि व्यवहारमा लागू नहुँदा जनताको आँखामा छारो हाल्ने काम मात्र भएका बताइएको छ।

‘कोरोनाको बहानामा उपचार नपाएर मरिराखेका त छैनन् ? बुटवल र वीरगंजमा भएका मृत्युको कारण के हो ? चिकित्सकहरुबाट नै अन्तर्विरोधी कुराहरु बाहिर आइरहेको सन्दर्भमा यथार्थ के हो ? यसबारे सरकार बोल्नु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ बिज्ञप्तिको पूर्ण पाठः

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : १६ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका