मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि « Khabarhub

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।

ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु २७० पुगेको छ । अण्डा उत्पादकका अगुवा कृषक मदन पोखरेलले रु २७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको जानकारी दिए । उनका अनुसार अहिले कृषकका गोदाममा अण्डा छैन ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको जानकारी दिए । लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको उनको भनाइ छ । दुई÷चार वटा अण्डा प्लाष्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको उनी बताउँछन् । लकडाउनअघिसम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।

दाना खुवाउन कठिन हुने र अण्डा बिक्री गर्न नसकिने ठानेर कृषकले कुखुरालाई कम दाना खुवाउने, ठूलो हुँदै गएको कुखुरा बेच्ने र मोल्टिङ गर्ने गरेका कारण अण्डाको उत्पादन घटेको उनी बताउँछन् । डा शरण पाण्डेका अनुसार मोल्टिङ गर्दा दाना नखुवाएर कुखुराको शरीरको तौल घटाउने र अण्डा उत्पादन शून्यसम्म झारिन्छ । यसो गर्दा पछि उत्पादन बढ्ने गर्दछ ।

अण्डाको मुख्य बजार काठमाडौँ हो । अहिले होटल, पार्टीप्यालेस बन्द भएसँगै सभा–सम्मेलन केही भएका छैनन् । अहिलेको अधिकांश खपत घरमा बस्नेहरुले नै गरेका हुन् । सङ्घ पूर्वअध्यक्ष त्रिलोचन कँडेल अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट रु ११.५३ भएको भन्दै लकडाउनमा बिक्री गर्न पाउँदा पनि राहत मिलेको बताउँछन् ।

राज्यले सम्बोधन नगरे कुखुरापालन क्षेत्र अस्तव्यस्त हुने उनको भनाइ छ । लकडाउनमा अण्डाको खपत भइरहनुलाई भने उनी सकारात्मक रुपमा लिन्छन् ।
उपभोक्ताले अण्डालाई सुरक्षित खानाका रुपमा लिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सुरक्षित तरिकाले उपयोग गर्न सके अण्डा राम्रो खाद्यवस्तु भएको बताउँछन् ।

अण्डालाई घरमा ल्याएपछि सुरक्षित ठाउँमा भण्डारण गरी साबुनपानीले हात धुन उनी सुझाउँछन् ।
अण्डालाई राम्रोसँग पकाएर खाँदा राम्रो पोषण प्राप्त हुने गर्दछ । उनले भने “अण्डामा सबै थोक छ, सेतो भागमा बढी प्रोटिन छ, पहँेलोमा भिटामिन बी–१२, प्रोटिनजस्ता महत्वपूर्ण पोषणतत्व छ ।”

नेपालमा अण्डा वितरणमा अग्रणी संस्था किसान दाना उद्योग प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार लकडाउनको शुरुका दिनमा समस्या भए पनि त्यसपछि बिक्रीमा समस्या छैन । मूल्य क्रमशः बढ्दै गएको छ । दैनिक यस कम्पनीले आफ्नो ४०० र किसानको ६०० पेटी अण्डा सङ्कलन गरेर बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ३१ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई