लकडाउन हटाउन माग गर्दै अमेरिकामा हतियारसहित प्रदर्शनकारी सरकारी कार्यालयमा प्रवेश « Khabarhub

लकडाउन हटाउन माग गर्दै अमेरिकामा हतियारसहित प्रदर्शनकारी सरकारी कार्यालयमा प्रवेश


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका – बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् ।

त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए । ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।

मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।

“राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,” सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेका छन् । ट्वीटमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ । “बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ ।”

प्लेकार्ड सहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।

अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो । यो समूहमा ८ हजार ८०० भन्दा बढी व्यक्ति सदस्य रहेका छन् ।

यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।

एक दिन पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै “लिबरेट मिसिगन ! अर्थात् मिसिगनलाई मुक्त गरौं” भन्दै ट्वीट गरेका थिए ।

गभर्नर ह्विटमरले सिएनएनलाई प्रदर्शनकारी “रिसाउनु ठीक छ” भन्दै प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : २८ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि