कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला  – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार राति १०:१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जारी गरेको बिज्ञप्तिमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १६६ पुगेको छ ।

 

नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा कोरोना भाइरसको संक्रमण हालसम्म नदेखिए कर्णाली प्रदेशमा पहिलो संक्रमण पुष्टि भएको १५ दिनमा कुल संक्रमितको संख्या १६६ पुगेको छ ।

कर्णाली प्रदेशमा गत जेठ ५ गते सोमवार पहिलो पटक कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ०१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते