जर्मन बुन्डेसलिगा : सान्चोको ह्याट्रिकमा बोरिसिया डर्टमण्डको शानदार जीत « Khabarhub

जर्मन बुन्डेसलिगा : सान्चोको ह्याट्रिकमा बोरिसिया डर्टमण्डको शानदार जीत


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जीत निकालेको छ ।

उपाधि दाबेदार मानिएको डर्टमण्डले आइतबार रातिको खेलमा जाडोन सान्चोको ह्याट्रिक मद्दतले पुछारको पार्डाबोनलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

डर्टमण्डको जीतमा थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए ।

मुख्य स्ट्राइकर अर्लिङ हालाण्डबिना मैदान उत्रिएको डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो । हालाण्ड चोटका कारण मैदान उत्रिएका थिएनन् ।

जीतपछि डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको हो । डर्टमण्डको २९ खेलमा ६० अंक रहेको छ । बायर्नको ६७ अंक रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : २० बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले