जर्मन बुन्डेसलिगा : सान्चोको ह्याट्रिकमा बोरिसिया डर्टमण्डको शानदार जीत « Khabarhub

जर्मन बुन्डेसलिगा : सान्चोको ह्याट्रिकमा बोरिसिया डर्टमण्डको शानदार जीत


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जीत निकालेको छ ।

उपाधि दाबेदार मानिएको डर्टमण्डले आइतबार रातिको खेलमा जाडोन सान्चोको ह्याट्रिक मद्दतले पुछारको पार्डाबोनलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

डर्टमण्डको जीतमा थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए ।

मुख्य स्ट्राइकर अर्लिङ हालाण्डबिना मैदान उत्रिएको डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो । हालाण्ड चोटका कारण मैदान उत्रिएका थिएनन् ।

जीतपछि डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको हो । डर्टमण्डको २९ खेलमा ६० अंक रहेको छ । बायर्नको ६७ अंक रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : २० बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ