सामाजिक सञ्जालमा कुन बलिउड सेलिब्रेटीको कस्तो चर्चा ? « Khabarhub

सामाजिक सञ्जालमा कुन बलिउड सेलिब्रेटीको कस्तो चर्चा ?


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका लगभग सबै चर्चित सेलिब्रेटी एक ब्यस्त लाइफस्टाइलमा जिउने गर्दछन् । तर कोरोनाको संक्रमण र लकडाउनका कारण यी सबै सेलिब्रेटी अहिले घरभित्रै कैद छन् ।

जसका कारण अहिले यी स्टारहरुसंग घरमा समय कटाउनुको विकल्प छैन । यस्तोमा उनीहरु सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुका लागी सक्रिय भई उनीहरुलाई मनोरञ्जन गरिरहेका छन् । कुल बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमा के के गरे त ?

१. करण जौहर
लकडाउनको अवधीमा दिग्गज बलिउड फिल्ममेकर करण जौहरले आफ्ना बच्चा यश र रूहीको भिडियो सिरिज शुरु गरेका छन् । उनले दैनिक यश र रुहीको भिडियो अपलोड गर्दै आएका छन् । यी दुबै सेरोगेसीबाट प्राप्त सन्तान हुन् ।

२. आलिया भट्ट
लकडाउनको दौरान बलिउड अभिनेत्री आलिया भट्ट अनलाइन क्लास लिनेसहित वर्कआउटमा ब्यस्त छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आलियाले आफ्नो घरपालुवा बिरालोको तस्वीर अपलोड गर्दै आएकी छिन् । फ्यानका बीचमा उनको बिरालो निकै लोकप्रिय बनेको छ ।

३. श्रद्धा कपूर
बलिउड अभिनेत्री श्रद्धा कपूरलाई कुकुर धेरै मनपर्छ । उनी अक्सर आफ्नो इन्स्टाग्राम एकाउन्टमा घरपालुवा कुकुरको तस्वीर अपलाड गरेकि थिइन् । लकडाउनको दौरानमा उनले आफ्नो इन्स्टाको पोष्ट र स्टोरीमा कुकुरको तस्वीरले भरेकि छिन् ।

४. अर्चना पुरन सिंह
द कपिल शर्मा शोकी पर्मानेन्ट अतिथि अर्चना पुरन सिंह लकडाउनमा घरमा रहँदा फ्यानको मनोरञ्जनका लागी आफ्नी घरेलु कामदार (कामवाली बाई)को भिडियो अपलोड गरेकि छन् । अर्चनाकी मेड भाग्यश्रीको चुलबुलापनलाई धेरैले रुचाएका छन् ।

५. नेहा धुपिया
लकडाउनको समयमा बलिउड अभिनेत्री नेहा धूपिया आफ्नी छोरी मेहरका साथका तस्वीर अपलोड गरिरहेकी छिन् । मेहरको तस्वीरलाई नेहाका फ्यानले अत्यन्त रुचाएका छन् । तसर्थ नेहालाई उनीहरुको डिमाण्ड रहने गरेको छ, जतिसक्दो धेरै मेहरको तसिबर पोष्ट गर ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ३९ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा