तेस्रो बिहे गर्न जग्गे पुगेका आसिफ यसरी बचे « Khabarhub

तेस्रो बिहे गर्न जग्गे पुगेका आसिफ यसरी बचे


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल केहि मानिसमा आफ्नो प्रेम वा विवाहका बारेमा तथ्य लुकाउने बानि हुन्छ ।

विशेषत धोका दिने नियतले सम्बन्ध गास्नेहरुले आफ्नो प्रेम वा विवाह भएको लुकाउने गर्दछन् ।

यस्तोमा एक जनाको झुटलाई विश्वास गर्नेको जीन्दगी बर्बाद हुने गर्दछ । पाकिस्तानमा भएको एउटा घटना यसको उदाहरण बनेको छ ।

पाकिस्तानमा लुकिछिपि तेस्रो विवाह गर्न लागेका एक ब्यक्ति पक्राउ परेका छन् । सुन्दा साधारण लागेपनि यो घटना भने निकै रोचक छ ।

एक म्यारीज हलमा विवाहको भब्य तयारी थियो । वरबधु दुबै विवाहको विधिमा तल्लिन थिए । यतिकैमा एक विवाहीत महिला आइन् र उनीहरुको विवाह गैरकानूनी भएको भन्दै हंगामा गर्न लागिन् ।

मदीहा नामकी एक महिलाले आफ्नो सन्तानसहित विवाह स्थल पुगेर विवाह गर्ने तयारीमा रहेका बेहुला आसिफ रफीक सिद्दकी आफ्नो पति भएको भन्दै विवाहमा अवरोध गरिन् ।

त्यसपछि महिदाका आफन्तजनले आसिफलाई कुटपिट गर्न थाले । कुटपिटमा उनको कपडा यतिसम्म च्यातियो कि टेबल पोसले अंग ढाक्ने स्थिति आयो ।

मदीहाका अनुसार सन् २०१४ माउनिहरुबीच विवाह भएको थियो । र उनीहरुको एक छोरा समेत थिए । तर घटना यतिमात्रमा सकिएन जब आसिफलाई सोधपुछ गरियो तब उनले बताए कि उनको यो उनको दोश्रो नभई तेस्रो विवाह हो ।

आसिफले कराची कै जिन्ना युनिर्भसिटीमा काम गर्ने अर्की महिलासंग पनि दोश्रो विवाह गरेको बयान दिएका छन् । मदिहाका अनुसार ३/४ दिनको कामका लागी हैदराबाद (पाकिस्तान) जाने भन्दै आसिफ घरबाट निस्किएका थिए । तर मदिहाले उनको विश्वास गरिनन् र पिछा गरिन् । यस घटनामा प्रहरीले मदिहालाई सहयोग नगरेको उनको आरोप छ ।

यसमा अझ रोचक त के छ भने जब प्रहरीले सोधपुछका लागी यस पटक पनि आसिफलाई चौकि लगेर केहिबेरमा छाडियो । तब मदीहाका आफन्तजनले पुनः उनलाई घेरे । जसबाट बच्न अर्धनग्न अवस्थाका आसिफ दौडेर रोकिरहेको गाडीको चक्कामुनि लुके । अन्तिममा प्रहरीले त्याहाबाट उनलाई उठाएर अन्ततः चौकीमा हालेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ४८ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान