तेस्रो बिहे गर्न जग्गे पुगेका आसिफ यसरी बचे « Khabarhub

तेस्रो बिहे गर्न जग्गे पुगेका आसिफ यसरी बचे


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल केहि मानिसमा आफ्नो प्रेम वा विवाहका बारेमा तथ्य लुकाउने बानि हुन्छ ।

विशेषत धोका दिने नियतले सम्बन्ध गास्नेहरुले आफ्नो प्रेम वा विवाह भएको लुकाउने गर्दछन् ।

यस्तोमा एक जनाको झुटलाई विश्वास गर्नेको जीन्दगी बर्बाद हुने गर्दछ । पाकिस्तानमा भएको एउटा घटना यसको उदाहरण बनेको छ ।

पाकिस्तानमा लुकिछिपि तेस्रो विवाह गर्न लागेका एक ब्यक्ति पक्राउ परेका छन् । सुन्दा साधारण लागेपनि यो घटना भने निकै रोचक छ ।

एक म्यारीज हलमा विवाहको भब्य तयारी थियो । वरबधु दुबै विवाहको विधिमा तल्लिन थिए । यतिकैमा एक विवाहीत महिला आइन् र उनीहरुको विवाह गैरकानूनी भएको भन्दै हंगामा गर्न लागिन् ।

मदीहा नामकी एक महिलाले आफ्नो सन्तानसहित विवाह स्थल पुगेर विवाह गर्ने तयारीमा रहेका बेहुला आसिफ रफीक सिद्दकी आफ्नो पति भएको भन्दै विवाहमा अवरोध गरिन् ।

त्यसपछि महिदाका आफन्तजनले आसिफलाई कुटपिट गर्न थाले । कुटपिटमा उनको कपडा यतिसम्म च्यातियो कि टेबल पोसले अंग ढाक्ने स्थिति आयो ।

मदीहाका अनुसार सन् २०१४ माउनिहरुबीच विवाह भएको थियो । र उनीहरुको एक छोरा समेत थिए । तर घटना यतिमात्रमा सकिएन जब आसिफलाई सोधपुछ गरियो तब उनले बताए कि उनको यो उनको दोश्रो नभई तेस्रो विवाह हो ।

आसिफले कराची कै जिन्ना युनिर्भसिटीमा काम गर्ने अर्की महिलासंग पनि दोश्रो विवाह गरेको बयान दिएका छन् । मदिहाका अनुसार ३/४ दिनको कामका लागी हैदराबाद (पाकिस्तान) जाने भन्दै आसिफ घरबाट निस्किएका थिए । तर मदिहाले उनको विश्वास गरिनन् र पिछा गरिन् । यस घटनामा प्रहरीले मदिहालाई सहयोग नगरेको उनको आरोप छ ।

यसमा अझ रोचक त के छ भने जब प्रहरीले सोधपुछका लागी यस पटक पनि आसिफलाई चौकि लगेर केहिबेरमा छाडियो । तब मदीहाका आफन्तजनले पुनः उनलाई घेरे । जसबाट बच्न अर्धनग्न अवस्थाका आसिफ दौडेर रोकिरहेको गाडीको चक्कामुनि लुके । अन्तिममा प्रहरीले त्याहाबाट उनलाई उठाएर अन्ततः चौकीमा हालेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ४८ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका