१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव « Khabarhub

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।

अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् ।

चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट)मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपूर्ण छ । सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ वुहानदेखि नै कोरोना भाइरसको जोखिम र बच्ने उपायबारे अध्ययन गर्दै आइरहेका डा. आचार्यले भने ।

आचार्यले संक्रमणसँग जुध्ने सरकारको हालको तयारी निकै फितलो भएको बताउँदै सरकारले अहिलको जस्तै काम चलाउ तयारी गरेमा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

‘फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने । डा. आचार्यले भावी संकटबाट बच्न कम्तीमा १० हजार चिकित्सक, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी आवश्यक पर्ने बताए ।

आचार्यले सीमा क्षेत्रमा तत्काल अस्थायी अस्पताल बनाउनुपर्ने बताए । अनुसन्धाताका अनुसार नेपालमा कम्तिमा सयवटा पीसीआर मेसिनबाट टेस्ट विस्तार गर्नुपर्छ । भारतीय सीमा क्षेत्र जोडिएका जिल्लामा कम्तिमा ५० हजार पीसीआर टेस्ट र १ लाख आरडीटी टेस्ट गर्नुपर्छ ।

डा. आचार्यले अब ७७ वटै जिल्लालाई हाई रिस्क जोनमा राखी सबै किसिमका सुरक्षा विधि अपनाउन आवश्यक रहेको बताए । आचार्यले विगत तीन साताको समयमा भारतबाट १ लाख १९ हजार नेपाली स्वदेश फिर्ता भइसकेको र उनीहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्न नसकिएकाले समस्याले विकराल रूप लिइरहेको बताए ।

‘अबको एक महिनाभित्र ढेडदेखि २ लाख नेपालीहरु भारतबाट आउने विभिन्न अध्ययनले देखाएको छ । उनीहरुको व्यवस्थापन हुन नसके स्थिति झनै भयावह हुनेछ,’ डा. आचार्यले भने ।

नेपाल ल्याइने व्यक्तिलाई के गर्ने ?
सरकारले विभिन्न देशमा गएका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । सोअनुसार पहिलो चरणमा झन्डै २५ हजारलाई फर्काउने तयारीसमेत गरिसकेको छ । डा. आचार्यले विदेशबाट आउनेलाई दुई साताभित्रै ल्याइसक्नुपर्ने बताए ।

‘उनीहरूलाई नेपाल आइसकेपछि दोस्रो दिनदेखि नै पीसीआर टेस्ट गर्ने तथा २८ दिन क्वारेन्टिनमा राख्नुपर्छ,’ डा. आचार्यले भने, ‘क्वारेन्टिनमा राखे पनि प्रत्येक हप्ता टेस्ट गर्नुपर्छ ।’

डा. आचार्यले विदेशमा बसेकालाई सम्बन्धित देशको दूतावासमार्फत दुई साताको समय दिने र सो समयभित्र नआएमा नेपाल फिर्ता गर्न नहुने बताए ।

स्थानीय तहमा के गर्ने ?

डा. आचार्यले कोरोना जोखिम न्यूनीकरणमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले स्थानीय तहको जनसंख्या, क्षमता र बाहिरबाट आएका मानिसको अवस्था हेरेर स्थानीय तहमा २५ बेडको आईसीयू सुविधासहितको अस्पताल निर्माण गर्न जरुरी रहेको जनाए ।

उनले देशैभरका सबै सरकारी अस्पतालमा कम्तिमा १ सय बेड थप गर्ने र सबै जिल्लामा सरुवा रोग अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न सुझाव दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : ४७ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक