लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने « Khabarhub

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।

अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ ।

यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको हो ।

बालबालिका तथा किशोरकिशोरीहरुको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा सो अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशन गरिएको सो लेखमा ४ देखि २१ वर्षसम्मका बालबालिका र किशोर किशोरीहरुमा अनुसन्धान गरिएको थियो ।

यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोरकिशोरीहरुमा अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा बढी डिप्रेसनको सम्भावना हुने देखिएको छ ।
अहिलेको यो एक्लोपनाले आगामी कम्तीमा ९ वर्षसम्म उनीहरुमा डिप्रेसनको समस्या ल्याउन सक्ने सो अध्ययनमा देखिएको छ ।

सो अध्ययनमा अहिलेको कोभिड १९ ले मानिसको मानसिक स्वास्थ्यमा पारेको प्रभावको बारेमा बुझ्न अरु कम्तीमा पनि १० वर्ष लाग्नसक्ने देखिएको पनि बताइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १ : ०८ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका