डा केसी भोलि र पर्सि अनसन बस्दै « Khabarhub

डा केसी भोलि र पर्सि अनसन बस्दै


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी भोलि र पर्सि अनसन बस्दैछन् ।

डाक्टर केसी १८ औं सत्याग्रह दार्चुलाको सदरमुकाम खलंगामा बस्ने भएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना तीन बुँदे मागहरु सहित दार्चुलामा भोलि र पर्सी अनसन बस्ने जानकारी दिएका हुन् ।

डा केसीको १८ औ अनशनको पहिलो माग दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनको माग छ ।

डा केसीले गण्डकी प्रदेश लगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुतगतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  २ : ३९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण