गुल्मीका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज « Khabarhub

गुल्मीका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीबाट एक जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माकाअनुसार उनको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट पाेजेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए । गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।

नेपालमा हालसम्म २२१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको