सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टाइन « Khabarhub

सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टाइन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।

शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टाइन निर्माण गरेको गणले जनाएको छ ।

जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टाइनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा सेनाले क्वारेन्टाइन निर्माण गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए ।

नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ५४ बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई