जुवा खालबाट ९ जना व्यापारी पक्राउ | Khabarhub Khabarhub

जुवा खालबाट ९ जना व्यापारी पक्राउ


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा होटेलमा छापा मारेर ९ जना व्यापारीलाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्‍वाइन पनि बरामद गरिएको दाहालले बताए ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : २० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’