रुकुम घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत « Khabarhub

रुकुम घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन ।

उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने बताएका हुन ।

‘हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतसंँग भेटी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौंँ’, उनले भने, ‘घटनाको जरोमा पुगेर सत्यतथ्य पत्ता लगाई हाम्रो समितिलाई दिइएको म्याण्डेट र समयअनुसार अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछौं ।’

घटनाबारे बाहिर आएका र आफूहरुले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्म रुपमा हेरिरहेको संयोजक बस्नेतले बताए ।

काठमाडौंबाट जाजरकोट पुगेको टोली त्यहाँ अध्ययनअनुसन्धान गरी यहाँ आएको हो । टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाका बारेमा अनुसन्धान गरेको छ । अनुसन्धानकै क्रममा टोलीले आज जिल्लास्थित पत्रकारसँंग छलफल गरेको हो ।

त्यस्तै टोलीले जिल्लास्थित दलित अधिकारकर्मीसँग पनि भेट गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

सोतीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको भनिएको घटनामा परी जाजरकोटका चार र रुकुम(पश्चिम)का एक गरी पाँच जनाले ज्यान गुमाएका थिए ।

जाजरकोटका एक युवक अझै बेपत्ता छन् । भेरी नगरपालिका– ४ का नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी– ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको शव भेरी नदीमा फेला परेको थियो । भेरी – ११ जाजरकोटका गोविन्द शाही अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ५४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका