युभेन्ट्सको जीतमा रोनाल्डोको गोल « Khabarhub

युभेन्ट्सको जीतमा रोनाल्डोको गोल


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रिस्टीयानो रोनाल्डोको गोल सहयोगमा इटालीयन जाइन्ट युभेन्ट्सले जेनोआविरुद्ध जीत हात पारेको छ । सिरी ए मा बुधबार बिहान भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ शुरु भएको पाँच मिनेटमै पाउल डिबलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ५६ औं मिनेटमा यो सिजनको २४ औं गोल गरेका रोनाल्डोले टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

युभेन्ट्सले २–१ गोलको अग्रता बनाएर खेलिरहँदा ड्युगलस कोस्टाले खेलको ७३ औं मिनेटमा विजयी गोल गर्दै ३–१ गोलको जीत दिलाएका थिए ।

रोनाल्डोले एक गोल गरेकै दिन अर्का चिर प्रतिद्वन्दी मानिने लियोनल मेस्सीले सात सय गोल क्लबमा प्रवेश गरेका छन् । बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा पेनाल्टी गोल गर्दै मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका हुन् ।

यस्तै, युभेन्ट्समा कीर्तिमान बनाउन रोनाल्डो एक गोलले पछि रहेका छन् । यो सिजनमा २४ गोल गरिसकेका रोनाल्डो २५ गोल पुरा गर्दै सन् १९६०–१९६१ को सिजनपछि एकै सिजनमा २५ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

यसअघि यो कीर्तिमान सन् १९६०–१९६१ को सिजनमा २५ गोल गरेका ओमर सिभोरीको नाममा छ । जीत हात पारेको युभेन्ट्स ७२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ४७ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा