गण्डकी प्रदेशमा बुधबार थपिए २८ कोरोना संक्रमित « Khabarhub

गण्डकी प्रदेशमा बुधबार थपिए २८ कोरोना संक्रमित


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन/तीन, कास्की र तनहुँका एक/एक र स्याङ्जाका आठजना छन्।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ५२ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको