पालोपर्मले धान रोपाइँ सहज बनाइँदै « Khabarhub

पालोपर्मले धान रोपाइँ सहज बनाइँदै


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- वरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर किसान विरक्तिएका बेला महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान भने सघन रोपाइँमा लागेका छन् ।

वरपर अन्य बस्तीमा जन (कृषि काम गर्ने श्रमिक) नपाएर किसान छटपटिएका बेला यहाँका २५ घर किसान भने एक–अर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन् । टोललाई भनिँदा बभनटोली (बाहुनटोल) भनिए पनि यहाँ ब्राह्मण, क्षेत्री, नेवार, थारू, घर्ती, कोइरी, विन (मलाह), चमार, कामी र हिन्दूबाहेकका इस्लाम धर्मावलम्बी पनि छन् ।

मध्य असारमा खेत टन्न भरिने गरी पानी परेपछि यो बस्तीका किसानको व्यस्तता निकै बढेको छ । खेत हिल्याउने, छेउकुना खन्ने, गह्रा सम्याउने, बीउ उखेल्नेदेखि रोप्नेसम्मको काममा एउटाको काम सकेर अर्कोको शुरु गर्ने यहाँका किसानले थिति (चलन) बसालेका छन् । जात, भाषा, धर्म र धनी गरिबको कुनै विभेद नगरी सबैको खेतमा सबै काममा पुग्ने थितिले आफूहरुको धान रोपाइँमा जनशक्तिको कमी महसुस नहुने गरेको यस टोलका बासिन्दा बताउँछन् ।

“हाम्रो टोलमा बाहुन, क्षेत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन (मलाहा) र केही घर मुसलमान समुदायका सहित मधेसी मूलका छन्”, सो बस्तीकी सामाजिक कार्यकर्ता दीपमाया श्रेष्ठ भन्छिन, “पानीले साथ दिँदा सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दो हाम्रो शाही (मूल बीउ रोप्ने) रोपाइँ सकिने गरेको छ ।”

विगतका केही वर्ष जन नपाएर खेत बाँझै बसेपछि टोलका सबैलाई भेला गरेर यो थिति बसालेपछि रोपाइँ सक्न कहिल्यै गाह्रो नपरेको दीपमायासहितका यस टोलका किसान बताउँछन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ११ : ४५ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो