काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित 


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १७ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको काठमाडौं उपत्यकाको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ५५ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको