बुधबार एकैदिन थपिए ४८२ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

बुधबार एकैदिन थपिए ४८२ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन्।

नेपालमा हालसम्म एक हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष गरी १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
यस्तै हालसम्म २ लाख ३३ हजार २२७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६ जना महिला र एकजना पुरुष, सिराहाका एकजना महिला र एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना महिला, झापाका २ जना महिला र ४ जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ महिला र ५ जना पुरुष, मोरङका एकजना पुरुष र ताप्लेजुङका एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ पुरुष र महोत्तरीका ३ महिला र ३३ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एकजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना महिला र ४९ जना पुरुष, बझाङका ४ जना महिला र १४ जना पुरुष, बाजुराका २ महिला र ५ जना पुरुष, गोरखाका २ जना पुरुष, कैलालीका ४ जना महिला र१० जना पुरुष, कंचनपुरका एक जना पुरुष र पर्वतका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका एकजना महिला, चितवनका २ महिला र १० जना पुरुष, झापाका एकजना महिला र नवलपरासी पुर्वका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुष, पाटन अस्पताल ललितपुरमा भक्तपुरका एक महिला, काठमाडौंका ३ महिला र एकजना पुरुष, मोरङका एकजना महिला र ललितपुरका ३ जना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा डोटीका ५ महिला र २ पुरुष, अछामका १५ जना महिला र ५१ जना पुरुष र बाजुराका ६ जना महिला र १२ जना पुरुष, डोटीका २ महिला र ९ पुरुष, कैलालीका २ महिला र ८ पुरुष, कंचनपुरका २ महिला र ७ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ महिला र एकजना पुरुष, स्याङ्जाका २ महिला र ६ जना पुरुष र तनहुँका एकजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ महिला र लमजुङका १० जना पुरुष, यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक पुरुष र गुल्मीका एक महिला र ७ जना पुरुष, नवलपरासीका एक महिला र पाल्पाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपलागञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जना महिला र ४ जना पुरुष, बर्दियाका २ महिला र ९ पुरुष, दैलखका २ जना पुरुष, कालिकोटका २ जना पुरुष, सल्यानका ३ जना महिला र १२ जना पुरुष, सुर्खेतका ४ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बाजुराका ४ महिला र १४ पुरुष, जुम्लाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, वैतडीका एकजना पुरुष र कैलालीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाले हालसम्म ३० जनाको मृत्यु

नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका उनको यही असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष र ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष गरी २९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ५ : ०५ बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई