पेट्रोल बेच्न नमान्नेलाई सर्पको प्रहार ! « Khabarhub

पेट्रोल बेच्न नमान्नेलाई सर्पको प्रहार !


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहि मानिसले कुनै पनि सामग्री बेच्न इन्कार गर्याे भने के गर्नुहुन्छ ? केहि रिस त उठ्ला तर उसलाई हानी पुर्याउनुको सट्टा अर्काे पसलबाट सामान किन्न गइएला । तर के कोहि मानिसले सामान बेच्न इन्कार गर्याे भने उसको कोठामा सर्प छाडेर कोहि भाग्ला ? लकडाउनका बीचमा यस्तै एक अनौठो घटना भएको छ, भारतमा ।

भारतको महाराष्ट्र प्रदेशको बुलढाणामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । बुलढाणाको एक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन आएका दुइ युवकले पम्पका म्यानेजर र क्यासियरको कोठामा सर्प छाडेर भागेका छन् । सर्पलाई कोठामा देखनासाथ पेट्रोलपम्प भागदौड मच्चिएको थियो । पछि स्थानिय सपेरालाई बोलाएर सर्प नियन्त्रणमा लिइएको थियो ।

बुलढाणा मलकापुर सकडमा रहेको चौधरी पेट्रोल पम्पमा गत मंगलवार साझँ दुई युवक बोतलमा पेट्रोल लिन आए । तर भारत सरकारले तोकेको समयपछि पेट्रोल लिन आएको भन्दै पेट्रोल अस्विकार गरे ।

तब ती युवाले पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेर भागे । सर्प छाडेर भागेको भिडियो पम्प सीसीटीभीमा रेकर्ड भएको छ ।

सर्प छाडेर भाग्ने दुबै युवा सपेरा भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसको झोँकमा उनीहरुले आफुसित रहेको सर्प छाडेर भागेका थिए । पेट्रोल पम्प मालिक सारिका कैलास चौधरीले युवाविरुद्ध कारबाहिको माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ४६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा