बेलायतमा जारी लकडाउन अरू दुई साता लम्बिने « Khabarhub

बेलायतमा जारी लकडाउन अरू दुई साता लम्बिने


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतमा जारी लकडाउन कम्तीमा अरू दुई साता लम्बिने भएको छ ।

कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्तापछि सारिएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ ।

इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्री जोनसनलाई सबै क्षेत्र खुला गरे संक्रमण अझ भयावह अवस्थामा पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा एक हप्ताअघि प्रतिदिन ३ हजार २०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४ हजार २०० जति पुगेको छ।

बेलायतमा अहिलेसम्म कोरोनाभाइरसले ४६ हजार ११९ जनाको मृत्यु भइसकेको छ भने ३ लाख १८१ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ५६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले