काठमाडौं- नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ९, कञ्चनपुरका ८ र काठमाडौंका २ जनामा कोरोना पाइएको छ।
त्यसैगरी धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १/१ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने हालसम्म ५६ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म १४ हजार ४९२ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया