वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।

“हिजो बिहान १० बजेर १२ मिनेट जाँदा बयोधा अस्पतालमा उपचारको क्रममा वीरगंजकी एक महिलाको मृत्यु भएको हो,” डा सिंहले खबरहबसँग भने, “उहाँको मृत्युपछि कोरोना पुष्टि भयो । हिजो राति नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।”

बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनी सुगर, निमोनियाबाट पीडित रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : १६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा