‘इनफ इज इनफ’का सत्याग्रहीको मागमा काँग्रेसको ऐक्यबद्धता « Khabarhub

‘इनफ इज इनफ’का सत्याग्रहीको मागमा काँग्रेसको ऐक्यबद्धता


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै विभिन्न माग राखेर सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियान्ताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले भेटेका छन् ।

सभापति देउवाले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यबद्धता जनाएका हुन् ।

शनिबार दिउँसो वसन्तपुरमा पुगेका सभापति देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

अभियन्ता ई लगायत युवाले कोरोना भाइरसरोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका मागसहित सत्याग्रह बसेका बसिरहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ०७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा