नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ | Khabarhub Khabarhub

नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पारे ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनले तर्क गरे

अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताए ।

“अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ”, मुख्यमन्त्री गुरुङले भने, “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।”

उनले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गरे ।

“निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले सङ्घ र प्रदेशबीचको असमझदारी कम हुँदै गएको, प्रदेशमा समेत धेरै आधारभूत प्रबन्ध भएको बताए ।

उनले नेकपा प्रदेश कमिटी सदस्य स्व कुलचन्द्र महतोको शोकसभामा सहभागी हुन नवलपुर आएका थिए । उनले नवलपुरमा नारायणी नदीले कटान गरेको क्षेत्रको समेत अवलोकन गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ०३ बजे

माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी)

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

महेन्द्रनगर– धनुषामा शुक्रबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

लन्डन– बेलायतले नागरिक र स्थायी बासिन्दाहरूका लागि अनिवार्य डिजिटल पहिचान

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई