चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ ।

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् ।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक/एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार अबेर राति  सार्वजनिक गरिएको विवरण अनुसार २६ देखि ४९ वर्ष उमेर समूहका १५ जना महिला र ३३ देखि ६५ वर्ष सम्मका ५ पुरूषमा संक्रमण पुष्टि भएको कोभिड इन्फो चितवनले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ११ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि