दोहा – कोरोना भाइरसको महामारीले नविकरण गर्न नसकेका नेपालीसहित सबै आप्रवासीहरूको भिसा तीन महिना थप गर्ने कुवेत सरकारले निर्णय गरेको छ ।
कोरोना भाइरसको विषम परिस्थितिका कारण १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहेका विदेशी नागरिकको भिसा कुवेत सरकारले थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्याएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतले यसअघि थप गरेको भिसाको अवधि अगष्ट ३१ अर्थात सोमबार सकिएको छ ।
कोरोना महामारीले नियमित अन्तर्राष्ट्रिय उडान नभएको तथा भिसा थप गरिएको ३ महिनाको अवधि पनि सकिएको कुवेत सरकारले भिसा अवधि पुनः ३ महिना थप्ने निर्णय गरेको कुवेतको आन्तरिक मन्त्रालयले प्रष्ट्याएको छ ।
प्रतिक्रिया