प्रदेश १ मा भारी वर्षा, अन्यत्र पनि मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान « Khabarhub

प्रदेश १ मा भारी वर्षा, अन्यत्र पनि मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर १ का ४ जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान ४ बजे जारी गरेको सूचनामा इलाम, झापा, सुनसरी, मोरङ जिल्लामा ६ घण्टा भारी वर्षा भएको छ।
भारी वर्षासँगै मेची, निन्दा, बिरिङ, मावा, नुना, बुढीखोला तथा कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य स-साना खोलामा आकस्मिक बाढी आउने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

यस्तै, गएराति कास्कीको पोखरा एयरपोर्ट आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले भने आज देशका अन्य प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ४० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति