बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना, ५ जना घाइते « Khabarhub

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना, ५ जना घाइते


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बिरामी बोकेको एम्बुलेन्स चितवनको पानीधारा भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाडौँबाट बिरामी लिएर सर्लाहीका लागि छुटेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा आज बिहान सवा ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका २ का दिलमाया रानामगर, सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मगर र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : २० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम