विभिन्न मुद्दामा फरार ३ अभियुक्त पक्राउ « Khabarhub

विभिन्न मुद्दामा फरार ३ अभियुक्त पक्राउ


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न ३ वटा मुद्दाका फरार ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार, गौबध मुद्दामा फरार रहेका दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुन उपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो ।

त्यसैगरी भिमाद नगरपालिका – १ बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ ।

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका – १३का २४ वर्षीय सुनिल बाचेलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिमाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरूको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ०२ बजे

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि