विभिन्न मुद्दामा फरार ३ अभियुक्त पक्राउ « Khabarhub

विभिन्न मुद्दामा फरार ३ अभियुक्त पक्राउ


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न ३ वटा मुद्दाका फरार ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार, गौबध मुद्दामा फरार रहेका दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुन उपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो ।

त्यसैगरी भिमाद नगरपालिका – १ बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ ।

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका – १३का २४ वर्षीय सुनिल बाचेलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिमाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरूको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ०२ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार