कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु (फोटो फिचर) « Khabarhub

कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु (फोटो फिचर)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकामा सबैभन्दा बढी जाम हुने कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ ।

सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर-जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो ।

उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ ।

जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेपनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

  

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १ : ०३ बजे

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन – ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले