कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका मेयर शाक्यले भने- छिट्टै कोरोनालाई जितेर आउँछु « Khabarhub

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका मेयर शाक्यले भने- छिट्टै कोरोनालाई जितेर आउँछु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १४ गते आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यकी धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखियो ।

त्यसपछि दुवैजना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगे । अस्पताल पुगेसँगै चिकित्सकको सल्लाहअनुसार नै दुबैले पीसीआर परीक्षणका लागि स्वाब दिए ।

‘परीक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं’ मेयर शाक्यले भने, ‘ सोमबार अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’

उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराए ।

‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको छु’ मंगलवार एक विज्ञप्ति जारी गर्दै उनले भने, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु ।’

त्यस्तै प्रमुख शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् ।

‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,’ ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’

मेयर शाक्यले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराए ।

लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान दर्शाएका छन् ।

‘मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पीसीआर परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।

‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भने ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : ५९ बजे

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

पाटन– ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस