संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह « Khabarhub

संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापनमा उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।

नेता सिंहले स्व सिंह नेपाली महिलाको अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको बताए ।

पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन ।

“संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भनिन ।

केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।

केन्द्रीय सदस्य कमला पन्तले संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गरिन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : २१ बजे

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न