आज ५ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान, २६४ नेपाली फर्किए « Khabarhub

आज ५ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान, २६४ नेपाली फर्किए


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ ।

सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ । एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ ।

यता नेपाल एयरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ । नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो ।

नारिताबाट नेपाली लिएर बुधबार काठमाडौँ फर्कने तालिका छ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलनइज्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ ।

सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ ।

आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन् । समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ३४ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित