कतारमा हवाई भाडा समेत जुटाउन नसकेका ९ नेपालीको उद्धार « Khabarhub

कतारमा हवाई भाडा समेत जुटाउन नसकेका ९ नेपालीको उद्धार



दोहा- कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका ९ नेपालीको उद्धार भएको छ ।

नेपाल फर्किने प्राथमिकतामा परे पनि हवाईभाडा समेत जुटाउन नसकेका उनीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले उद्धार गरेको हो ।

उनीहरुलाई निशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काइएको एनआरएन राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार तेस्रो चरणमा थप ९ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

तेस्रो चरणमा अगष्ट ३१ तारिखमा स्वदेश फर्किनेहरुमा खोटाङका दिल बहादुर बुढाथोकी तथा राजेश साहिनी, सोलखुम्बुकी पेमा शेर्पा, नुवाकोटकी मुना लामा, सोलखुम्बुकी रन्जिता भुजेल रहेका छन् ।

यसैगरी, इलामकी दानमाया राई, बाँकेका इमानसिंह ठकुरी, सल्यानका लोकेन्द्र शाही तथा नवलपरासीका प्रवेश गिरीलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको अध्यक्ष मुसलमानले बताए ।

स्वदेश फिर्तीका लागि सहजीकरणको भूमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्धार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् ।

यसघि पहिलो तथा दोस्रो चरणमा समस्यामा परेका १४ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले