वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द « Khabarhub

वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा ७१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीनसाता यता वीर अस्पतालमा ७१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले बताए ।

डा सेन्चुरीका अनुसार संक्रमितहरु विशेषज्ञ चिकित्सक देखि नर्स, ल्याबका कर्मचारी, फर्मासिष्ट, सरसफाइका कर्मचारी गरी ७१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वीर अस्पतालमा डाक्टर र नर्स सहित मंगलबार मात्र १३ जना कर्मचारीमा कोरोना पुष्टि भएको डा सेञ्चुरीले बताए ।

अस्पतालका कर्मचारीका कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि अस्पतालले बुधबार देखि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।

‘तीन साताको अवधिमा अस्पतालका डाक्टर, नर्ससहित ७१ जनामा कोरोना पुष्टि भयो,’ डा सेञ्चुरीले खबरहबसँग भने, ‘हिजो आज संक्रमित हुने कर्मचारीको संख्या बढ्दै गएपछि सरसफाइ, स्यानिटाइज गर्न र कन्ट्याक ट्रेसिङका लागि दुई दिनलाई ओपिडि सेवा स्थगित गरेका छौं ।’

डा सेञ्चुरीले नियमित ओपीडी सेवा बन्द भएपनि अस्पतालको आकस्मिक सेवा, आकस्मिक ल्याब र शल्यक्रिया सेवा भने संचालन हुने बताए ।

यस्तै कोरोनाको फिबर क्लिनिक पनि सञ्चालन हुने डा सेञ्चुरीले बताए ।

वीर अस्पतालका कर्मचारीमा कसरी फैलियो कोरोना ?

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि शुक्रराज अस्पताल लगायत अन्य अस्पतालहरुलाई कोरोना विशेष अस्पतालको रुपमा घोषाणा गरीयो ।

तर वीर अस्पताललाई शुरुमा कोभिड क्लिनिक अस्पतालको रुपमा मात्र छुट्याएको थियो । जतिबेला वीर अस्पतालले कोरोना पुष्टि भएका विरामीको उपचार गर्नुपर्ने थिएन ।

नेपालमा विस्तारै कोरोना संक्रमणको दर बढ्दै गएपछि वीर अस्पतालमा पनि कोरोना परीक्षण शुरु भयो । आइसोलेसन वेड पनि व्यवस्थापन गरियो ।

अस्पतालले तीन सातादेखि कोभिड अस्पतालकै रुपमा संक्रमतिको उपचार गरीरहेको डा सेञ्चुरीको भनाइ छ ।

तर कोरोना संक्रमितको उपचार गर्न थालेदेखि नै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना देखिने क्रम पनि शुरु भयो ।

डा सेञ्चुरीका अनुसार वीर अस्पतालमा संक्रमति अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमतिको उपचारमा संलग्न व्यक्ति भने होइनन् ।

‘हाम्रोमा कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित कै उपचार गर्नेहरु भन्दा पनि अन्य वार्डमा काम गर्नेहरुमा बढी संक्रमण देखिएको छ,’ डा सेञ्चुरीले भने, ‘उहाँहरु बाहिरबाट संक्रमण भएको देखिन्छ, कोही वरीपरि होटलमा खाना, खाजा खान गए, त्यहाँका मान्छेलाई कोराना देखिएपछि उहाँहरुलाई पनि देखिएको छ ।’

डा सेञ्चुरीले अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीका लागि छुट्टै खाजा, खाना खाने व्यवस्था नभएको बताए ।

अस्पतालमा सार्वजनिक खाजाघर छ । जसले गर्दापनि उहाँहरुले प्रयोग गर्ने खाजाघरमा संक्रमति र अन्य व्यक्तिहरु भएर पनि संक्रमण भएको हुनसक्ने डा सेञ्चुरीले बताए ।

डा सेञ्चुरीले कोरोना देखिएका ७१ जना कर्मचारीहरु मध्ये केही होम आइसोलेसनमा, केही होटल आइसोलेसनमा रहेका छन् । यस्तै केही कर्मचारीहरु क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : १५ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु