नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने पक्राउ « Khabarhub

नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने पक्राउ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको हो ।

९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

एसपी पन्तका अनुसार रायले पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : २७ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक