क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध « Khabarhub

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओट्टावा – विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ ।

यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो । कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिनेछ ।

मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने बताएका छन् ।

क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागु भएको हो ।

क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म नौ हजार २९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : ०० बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक