बैठकका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले गराए कोरोना परीक्षण « Khabarhub

बैठकका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले गराए कोरोना परीक्षण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेताहरुको कोरोना परीक्षण गरेका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि उनीहरूले परीक्षणका लागि स्वाब दिएका हुन् ।

यसअघि कांग्रेसले असोज १९ मा बस्ने केन्द्रीय समितिको बैठकमा सहभागिता जनाउन सबै सदस्यहरूले कोरोना परीक्षण गराउनुपर्ने बताएको थियो ।

उक्त निर्णयअनुसार आज (बिहीवार) पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरिएको हो ।

कांग्रेस नेता कृष्ण सिटौलाले सबै नेताहरूको कोरोना परीक्षण गराइएको जानकारी दिए । उनले केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने बताए ।

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी गरेको छ ।

यस्तै नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले हालै दर्ता गराएको विरोध पत्रका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : १४ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला