नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड ७६ लाख ५६ हजार ३९ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स रु १३ करोड ४७ लाख १२ हजार ७२७, अरुण भ्याली हाइड्रो पावर रु १२ करोड ३० लाख ८१ हजार ६१२, नेपाल पुनःबीमा कम्पनी रु आठ करोड ४१ लाख ७३ हजार ७४७, नेको इन्स्योरेन्स रु सात करोड ७९ लाख ९१ हजार ८९२, कुमारी बैंक रु छ करोड ७५ लाख ८४ हजार ८४७ र कामना सेवा विकास बैंक रु छ करोड ७२ लाख ८० हजार ७४२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए । यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : ३४ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला