नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


१५ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड ७६ लाख ५६ हजार ३९ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स रु १३ करोड ४७ लाख १२ हजार ७२७, अरुण भ्याली हाइड्रो पावर रु १२ करोड ३० लाख ८१ हजार ६१२, नेपाल पुनःबीमा कम्पनी रु आठ करोड ४१ लाख ७३ हजार ७४७, नेको इन्स्योरेन्स रु सात करोड ७९ लाख ९१ हजार ८९२, कुमारी बैंक रु छ करोड ७५ लाख ८४ हजार ८४७ र कामना सेवा विकास बैंक रु छ करोड ७२ लाख ८० हजार ७४२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए । यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ३४ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा