मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली « Khabarhub

मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ प्रम ओलीले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु ।’

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन, सबै पुगेको छ, सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन । यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको दाबी गरे । साथै उनले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ४० बजे

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६