अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान ! « Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान !


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी नागरिकले जुनसुकै स्थानबाट मतदान गर्न पाउने व्यवस्थाको एक अन्तरिक्ष यात्रीले पनि उपयोग गरेकी छन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि चलिरहेको अग्रिम मतदानमा अन्तरिक्षबाटै एक मतदाता सहभागी भएकी छन् ।

अन्तरिक्ष यात्री केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्। पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ।

उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।

रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ ।

यही नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु