लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक बिजेता लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गरेसँगै तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो ।

पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।

जितसँगै लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : १६ बजे

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना