ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ « Khabarhub

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको मेचीनगर–६ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको हो ।

आलम भारतको पश्चिम बङ्गालस्थित खोरोबारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आलमले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी