बार्सिलोनाको फेरि खराब प्रदर्शन, आल्भेससँग बराबरी « Khabarhub

बार्सिलोनाको फेरि खराब प्रदर्शन, आल्भेससँग बराबरी


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अझै लय समाउन सकेको छैन ।

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेससंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको छ ।

खराब प्रदर्शनबाट गुज्रिएको बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जितबिहिन छ ।

तालिकाको १५औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए ।

६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर, बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि छ ।

बार्सिलोना ८ अंक सहित १२औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३औं स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत