एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एम्बाप्पेले एक गोल गर्नुका साथै थप एक गोलको अवसरसमेत सिर्जना गरे ।

आन्द्रे हेरेराले ४७औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।

६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।

मुख्य फरवार्ड नेयमार चोटका कारण मैदानमा अनुपस्थित थिए । उनले च्याम्पियनस लिगको पछिल्लो खेलमा टर्कीस क्लबविरुद्ध चोट बोकेका थिए ।

जितसँगै शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक भएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ३४ बजे

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना