एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एम्बाप्पेले एक गोल गर्नुका साथै थप एक गोलको अवसरसमेत सिर्जना गरे ।

आन्द्रे हेरेराले ४७औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।

६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।

मुख्य फरवार्ड नेयमार चोटका कारण मैदानमा अनुपस्थित थिए । उनले च्याम्पियनस लिगको पछिल्लो खेलमा टर्कीस क्लबविरुद्ध चोट बोकेका थिए ।

जितसँगै शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक भएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ३४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत