उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक शहर बनाउँछौं : राज्यमन्त्री मानन्धर | Khabarhub Khabarhub

उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक शहर बनाउँछौं : राज्यमन्त्री मानन्धर


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक शहर निर्माणको कामलाई तिब्रता दिइएको बताएका छन् ।

विश्व शहरीकरण दिवसका सन्दर्भमा आइतबार बिहान काठमाडौँको बालाजुमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपनासँग जोडिएको आधुनिक र व्यवस्थित शहरीकरणका लागि सरकारले विभिन्न स्थानिय तहमा व्यवस्थित सहरीकरणको परिकल्पना गरिएको पनि मन्त्री मानन्धरले बताए ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर सहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मन्त्री मानन्धरले राजधानीलाई आधुनिक र व्यवस्थित बनाउन थप योजना बनाइएको बताए ।

मन्त्री मानन्धरले काठमाडौँ शहरको दीर्घकालीन व्यवस्थापन गर्न विभिन्न नदी किनार भएर करिडोर निर्माणलाई तिब्रता दिने र व्यवस्थित तथा आधुनिक पार्किङ निर्माणका लागि स्थानीय तहसँग मन्त्रालयले समन्वय थालेको पनि मानन्धरले बताए ।

धोबीखोला तथा टुकुचाको व्यवस्थापन गर्न आवश्यक काम भइरहेको बताउँदै उनले जनताले महशुस गर्नेगरी काम भइरहेको बताए ।

काठमाडौँ उपत्यकाको समस्याको रुपमा रहेको फोहर व्यवस्थापनका लागि मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल्ड साईट निर्माणलाई तिब्रता दिएको भन्दै मन्त्री मानन्धरले अबको महिना दिनभित्रमा पहिलो फेजको निर्माण सकिने बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ११ : ५७ बजे

प्रधानमन्त्री ओली स्पेनका नरेशले गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२