कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष « Khabarhub

कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका गम्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन ।

वैज्ञानिकहरुका अनुसार गाँजामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्रमितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई खतरनाक इम्युन पावरबाट बचाउँछ ।

डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो ।

उक्त मुसा बाँचेको थियो र अन्य मुसा मरेका थिए ।

यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन् । अमेरिकाका धेरै राज्यमा गाँजाको प्रयोग वैधानिक मानिए पनि कैयन् राज्यले प्रतिबन्ध लगाएका छन् ।

नेपालमा पनि गाँजाको प्रयोगलाई अवैधानिक मानिँदै आएको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ०४ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६