विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ « Khabarhub

विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी थिइन् ।

गत जेठमा पाटनबाट हतियार तथा विस्फोटक पदार्थसहित आफ्ना पार्टीका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

विप्लव समूहले आज (आइतबार) ललितपुरमा कोणसभा गर्ने घोषणा गरेको थियो । शनिबार राति सावित्राको साथबाट मोबाइल, सिमलगायत विप्लव समूहका झन्डा तथा ब्यानरसमेत बरामद गरिएको एसएसपी राईले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ३६ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि